जापानी निर्देशकले तयार पारे ‘माई लभः प्रोमिस अफ काडमाण्डु’ तयार


May 1, 2017

काठमाडौं । ‘दुई बर्षअघि नेपालमा भुइँचालो जाँदा म जापानमा थिएँ । जब मैले नेपालमा ठुलो भुइँचालो गएको थाहा पाएँ, मलाइ धेरै नै ठुलो पीडा भयो ।’ जापानिज फिल्म मेकर डा. तोशिआकी इतोहले निर्माण गरेका अर्को फिल्म ‘माई लभः प्रोमिस अफ काठमाण्डु’ तयार पार्नुअघिको अनुभब सुनाए । इतोहले निर्देशन गरेको यस चलचित्रको गीत तथा ट्र्ेलर सार्वजनिक समारोहमा उनले भने, ‘सन् २००७ मा ‘कठपुतली’ र त्यसपछि चर्चित साहित्यकार पारिजातको उपन्यासमाथि ‘शिरिषको फूल’ फिल्म बनाउँदा नेपालसँग प्रेमपुर्वक जोडिएको सम्बन्ध त छँदै थियो, त्यसमाथि भुकम्पजस्तो प्राकृतिक विपत्तिमा पैदा हुने सीमाहीन मानवीयताले मलाई निकै छोयो ।’


डा. तोशिआकी इतोहले आफ्नो अनुभब सुनाउदै भने, ‘भुकम्प लगत्तै जापानमा भएका नेपाली साथीहरुसँग मिलेर नेपालका लागि सपोर्ट गर्नतिर म जुटें । त्यतिबेला जापान सरकारले नेपालको लागि जापान डिजास्टर रेस्क्यु टीम (जेडीआर) पठायो र यो थाहा पाएपछि म धेरै नै खुशी भएँ ।’
निर्देशकका चिरपरिचित नेपाली कलाकार गणेशमान लामालाई लिएर उनले फिल्म पनि भुकम्पकै बारे तयार पारेका हुन । त्यसपछि मैले यी सबै घटनाहरुलाइ बटुलें र जापानबाट कलाकारहरु पनि ल्याएर भुकम्पमा भत्किएका घर, मठ–मन्दिरहरु सबै वास्तविक नै छायांकन गरि फिल्म ‘माई लभः प्रोमिस अफ काठमाण्डु’ तयार पारें ।


फिल्मको छायांकनको क्रममा नेपाली कलाकारहरु जापानमा लगेर पनि केही अंश छायांकन गरिएको छ । फिल्ममा रमेश नामको एक आर्किटेक्चरले भोग्नु परेको उतार–चढावको कथा हो, जसले पुराना कला–संस्कृति र सम्पदा बचाउने काम गर्दै आएको हुन्छ । यो फिल्ममा धेरैजसो ऐतिहासिक र सांस्कृतिक सम्पदाको अवस्थिति पनि समेटिएको छु । साथै नेपाल र जापानको केही सांस्कृतिक समानतालाई पनि प्रस्ट्याउने कोसिस गरिएको छ ।
यो फिल्म नेपाल र जापान दुबै देशमा रिलिज हुनेछ । यसले दुई देशीय मित्रतालाई पनि अझ बलियो बनाउने छ भन्ने निर्देशकको विश्वास छ । फिल्ममा नायिका शीतल श्रेष्ठ, जापानी कलाकार किताजाबा, मियामितो, खाजुतोशी थासाका, रिबोनलगायतले अभिनय गरेका छन् भने छायांकन गौरीशंकर धुँजुले गरेका छन् ।

Follow me on Social Media: