बृद्धबृद्धालाई खाजा खुआउदै आफ्नो जन्मदिनमा योजनाले ल्याईन नयाँ सांगीतिक कोसेली ‘समर्पण’


May 9, 2017

काठमाडौँ । गायिका योजना पुरीको नयाँ सांगीतिक कोसेली ‘समर्पण’ बृद्धबृद्धाविच सार्वजनिक भएको छ । बिगत एक दशक देखि सांगीतिक क्षेत्रमा होमिएकी पुरीको सोमबार परेको जन्मदिनकै अवसरमा सो सांगीतिक कोसेली सार्वजनिक गरिएको हो ।
संचारकर्मी समेत रहेकी गायिका योजना पुरीले आफ्नो दोस्रो एल्बम ‘समर्पण’ निसाह सेवा सदन बृदा आश्रम, सुविधानगरमा लोकार्पण गरेकी हुन ।
संगीतकार राजु सिंहको प्रमुख आतिथ्यमामा सम्पन्न उक्त लोकार्पण कार्यक्रममा रंग पत्रकार शान्ति प्रिय, सार्थक नेपाल सस्थाका उपाध्यक्ष्य तथा संचारकर्मी मोडल राजेन्द्र लुइटेल, निसाह सेवा सदनकी संचालिका सगुन शाह बिशेष अतिथिमा रहेका थिए ।

ओएस नेपालको प्रस्तुति रहेको समर्पण एल्बममा जम्मा पांच वटा गीत रहेको छन । त्यस्तै राजेश श्रेष्ठ, राजु सिंह, रियाज शिवाकोटी, राजिब शाह तथा राजा राजेन्द्रको संगीत रहेको छ । त्यसैगरी पबी घिमिरे, दिप गिरि, नवराज खड्का, गणेश सुबेदी र राजा राजेन्द्रको शब्द रहेको छ ।
निसहाय सेवा सदन बृदा आश्रमका आश्रित बृदा आमा बुवाहरुलाइ खाजा तथा खान समेत खुआएर आफ्नो जन्मदिन मनाएकी थिईन योजनाले ।

Follow me on Social Media: