माओवादीका केन्द्रीय सदस्य एमालेमा प्रवेश(भिडियो सहित )


April 12, 2017

काठमाडौं, ३० चैत । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसहित विभिन्न दलका पचासभन्दा बढी नेता एवम् कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बुधबार भएको विशेष कार्यक्रममा कार्यबाहक अध्यक्ष बामदेव गौतमले माओवादी केन्द्रका केन्द्रीय सदस्य श्रीप्रसाद पासवान एमालेमा प्रवेश गराएका हुन् । गौतमले पासवानलाई एमालेमा स्वागत गरे ।

राप्रपाका काठमाडौं क्षेत्र नं. ७ का पूर्व क्षेत्रीय सभापति तथा अघिल्ला संसदीय निर्वाचनमा राप्रपाका उम्मेदवार शम्भु लामा तामाङ, नेकपा (मसाल)मा आवद्ध एवम् प्रध्यापक नेता श्रीकृष्ण न्यौपाने, राजकुमार लामा पनि एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र र राप्रपासंग आवद्ध शिवराम कारञ्जित, सुमना ताम्राकार, रामबहादुर श्रेष्ठ, सञ्जे वि.क., अनिल भण्डारी, मोहनकुमार श्रेष्ठ, विमल दियाल, मोहनकृष्ण श्रेष्ठ, सकिना रञ्जितकार, अञ्जली श्रेष्ठ, रविन्द्र भण्डारी, सन्दीप वि.क., दीपन शेर्पा, हिमाल राई लगायतका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको  छ ।

Follow me on Social Media: