Daily Rashifal ०६ चैत्र २०७३ आइतवार


March 19, 2017

वि.सं. २०७३ साल चैत ६ गते। आइतवार। इश्वी सन् २०१७ मार्च १९ तारिख। शकसंवत् १९३८। सौम्य संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३७ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– सप्तमी, ३०:१२ बजेउप्रान्त सप्तमी। नक्षत्र– ज्येष्ठा, ३१:२२ बजेउप्रान्त ज्येष्ठा। योग– सिद्धि, २७:२७ बजेउप्रान्त व्यतिपात। करण– भद्रा, १७:११ बजेदेखि वव, ३०:१२ बजेउप्रान्त वव। आनन्दादिमा काण योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:११ बजे, सूर्यास्त– १८:१४ बजे र दिनमान ३० घडी ०७ पला। रवि–सप्तमी व्रत।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कामको प्रस्ताव आउनेछ । बिछोडिएका आफन्तसंग भेटघाट हुँदा मन प्रसन्न रहनेछ । घरायसी काममा झमेला आउनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका अधुरा कामहरु सफल हुनेछन । पढाई लेखाइमा मन लाग्नेछैन । कुरा काट्नेहरु सक्रिय हुनेछन भने मन खिन्न रहनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सहयोगीहरूले काममा साथ दिनेछन । ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । रोकिएका काम सम्पादन हुनेछन ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पुराना समस्याहरु बिस्तारै हराउदै जानेछन । पारिवारिक सद्भाव बढ्नेछ । आफ्नै कमजोरीले कामहरु बिग्रिने देखिन्छन ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक दायित्व बढ्नेछ । साथीभाईको सहयोगमा महत्वपूर्ण काम सम्पन्न हुनेछ । शत्रुहरुले सताउने प्रयाश गर्नेछन ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पढाई लेखाइमा प्रगति हुनेछ । विशेष सभा सम्मेलनमा सहभागी बन्ने अवसर प्राप्त हुनेछ । बिश्वास गरेकाले धोका दिनेछन ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सानै प्रयाशले पनि काममा ठुलो सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । साझेदारी काममा झैँ झमेला आउनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक र सामाजिक काममा व्यस्त रहनुपर्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । पारिवारिक झमेला बढ्ने हुँदा मन दुखि रहनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सोचेको आटेको काममा सफलता मिल्नेछ । साथीभाईको सहयोगमा महत्वपूर्ण काम सफल हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पारिवारिक सद्भाव बढ्नेछ । नयाँ ब्यापार शुरु गर्ने मौका मिल्नेछ । सामाजिक दायित्व बढ्नेछ । आफन्तसंग मनमुटाब हुन सक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साथीभाईसंग रमाइलोमा समय बित्नेछ । शत्रुहरुले काम बिगार्ने कोसिस गर्नेछन । पढाई लेखाइमा पनि मन लाग्नेछैन ।

-hamropatro

Follow me on Social Media: