DAILY RASHIFAL ११ जेठ २०७४ बिहिवार


May 25, 2017

वि.सं. २०७४ साल जेठ ११ गते। बिहीबार। इश्वी सन् २०१७ मे २५ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३७ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– औंसी, २५:५८ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– कृत्तिका, २५:०६ बजेउप्रान्त रोहिणी। योग– अतिगण्ड, २४:०२ बजेउप्रान्त सुकर्मा। करण– चतुष्पद, १५:११ बजेदेखि नाग, २५:५८ बजेउप्रान्त किंस्तुघ्न। आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– मेष, ८:१८ बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ५:१२ बजे, सूर्यास्त– १८:५० बजे र दिनमान ३४ घडी ०५ पला। दर्शश्राद्ध। निशि

मेष

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक कार्यमा सुधार आउनेछ । पारिवारिक सद्भाव कायम रहनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । मानसिक चिन्ता बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यवसायबाट धन आर्जन हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धन प्राप्ति हुनेछ । आय आर्जनका स्रोत फेला पर्नेछन् । नेतृत्व क्षमताको विकास हुनेछ । सहयोगीहरूले साथ दिनेछन र काममा सोचेजस्तै सफलता मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आत्मविश्वास बढ्नेछ । अध्ययनमा सुधार हुनेछ । बोलीको प्रभाव बढ्नेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राज्यबाट सहयोग प्राप्त हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) राज्यबाट मानपदवी प्राप्त हुनेछ । पदप्रतिष्ठा वृद्धि हुनेछ । मनोरञ्जनमा रुचि बढ्नेछ । मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शत्रु परास्त हुनेछन् । खर्च वृद्धि हुनेछ । कार्यप्रति स्थायित्व आउनेछ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक अन्योल बढ्नेछ । अधुरा कार्य बन्नेछन् । सामाजिक कार्यमा सहभागिता बढ्नेछ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) तार्किक क्षमताको विकास हुनेछ । पराक्रम बढ्नेछ । कार्यमा उत्साह बढ्नेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यमा सुधार हुनेछ । गुरुजनको सहयोग प्राप्त हुनेछ । पराक्रम बढ्नेछ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आर्थिक समस्या बढ्नेछ । मानसिक चञ्चलता रहनेछ । स्वास्थ्य सामान्य रहनेछ । समाजमा बोलीको प्रभाव बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।
Follow me on Social Media: