Daily Rashifal १८ बैशाख २०७४ सोमवार


May 1, 2017
वि.सं. २०७४ साल वैशाख १८ गते। सोमबार। इश्वी सन् २०१७ मे १ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३७ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– पञ्चमी, ०६:२५ बजेदेखि षष्ठी २८:१६ बजेउप्रान्त सप्तमी। नक्षत्र– आर्द्रा, १२:०५ बजेउप्रान्त पुनर्वशु। योग– सुकर्मा, ६:२९ बजेदेखि धृति २७:३९ बजेउप्रान्त शूल। करण– वालव, ६:२५ बजेदेखि कौलव, १७:१९ बजेपछि तैतिल २८:१६ बजेउप्रान्त गर। आनन्दादिमा काल योग। चन्द्रराशि– मिथुन, २९:०४ बजेउप्रान्त कर्कट। काठमाडौंमा सूर्योदय– ५:२७ बजे, सूर्यास्त– १८:३७ बजे र दिनमान ३२ घडी ५५ पला। श्रीरामानुजाचार्य जयन्ती। अन्तर्राष्ट्रिय श्रमिक दिवस।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पुराना समस्याहरु हटाउदै काममा अगाडी बढ्ने योग रहेको छ । सोचेको आटेको काममा सफलता मिल्नेछ । प्रेममा सफलता मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समाजमा बोलीको कदर हुनेछ । काम गर्ने हौसला र आत्मबल बढ्नेछ । सहजै काममा सफलता मिल्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । बैदेशिक काममा आफ्नो बर्चस्व बढाउन सकिनेछ । समाजमा मानसम्मान मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शत्रुहरु पराजित हुनेछन । पढाई लेखाइमा सामान्य प्रगति हुनेछ । मनमा चिन्ता बढ्ने योग रहेको छ । काममा मन लाग्नेछैन ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कुरा काट्नेहरु प्रसंसा गर्न थाल्नेछन । मनग्य धनलाभ कमाउने अवसर मिल्नेछ । सानै प्रयाशले ठुलो सफलता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । सामाजिक काममा सुधार आउनेछ । भाग्यले साथ दिनेछ । राजनीतिमा उल्झन आउने देखिन्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अध्ययन अध्यापनमा प्रगति हुनेछ । बिश्वास गरेकाले साथ दिनेछन । सहि समयमा निर्णय हुँदा महत्वपूर्ण काममा सफलता हात लाग्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आम्दानी धेरै हुनेछ । मनमा उत्साह बढ्नेछ । कामका समस्याहरु हराउदै जानेछन । झुटा आरोप लाग्ने सम्भावना देखिन्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक र धार्मिक काममा सफलता मिल्नेछ । आर्थिक कठिनाई हटेर जाने हुँदा काममा सफलता मिल्नेछ । शत्रुहरुले काममा अबरोध पुर्याउनेछन ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमाइलो यात्राको योग रहेको छ, यात्रा हुने भेटघाटले मन प्रसन्न रहनेछ । स्वास्थ्यमा भने सामान्य समस्या आउने देखिन्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सोचेको आटेको काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा समस्या आउदा खर्च धेरै हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सोचेको आटेको काममा सफलता मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । लेनदेनमा भने विवाद बढ्ने देखिन्छ ।

– hamropatro

Follow me on Social Media: