DAILY RASHIFAL ३१ आषाढ २०७४ शनिवार


July 15, 2017

वि.सं. २०७४ साल असार ३१ गते। शनिबार। इश्वी सन् २०१७ जुलाई १५ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३७ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– षष्ठी, ११:०० बजेउप्रान्त सप्तमी। नक्षत्र– उत्तरभाद्रपदा, २२:०६ बजेउप्रान्त रेवती। योग– शोभन, ७:३३ बजेउप्रान्त अतिगण्ड। करण– वणिज, ११:०० बजेदेखि भद्रा, २२:२३ बजेउप्रान्त वव। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ५:१९ बजे, सूर्यास्त– १९:०० बजे र दिनमान ३४ घडी १२ पला। पञ्चक। आषाढ मसान्त।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा बिभिन्न चुनौतिको सामना गर्नुपर्ने देखिन्छ । पढाई लेखाइमा प्रगति हुनेछ । सोचेको काम सजिलै सफल हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दाम्पत्य सुखमा रमाउने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । लेनदेनमा विवाद बढ्ने देखिन्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा साथ दिनेहरू बढ्नेछन । सामाजिक मानसम्मा र प्रतिष्ठामा वृद्धि हुनेछ । परिवारसँग आत्मीयता बढ्नेछ। सोचे भन्दा खर्च धेरै हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । बैदेशिक काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कामको चापबाट फुर्सद मिल्नेछ । काममा विभिन्न सहयोग मिल्नेछ । आयआर्जन पनि राम्रै हुनेछ। बिनाकारण विवाद बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । मेहनतले आम्दानी बढाउनेछ । बिनाकारण विवाद बढ्ने योग रहेको छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्यमा समस्या आउनेछ । साझेदारी काममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक काममा मानसम्मान मिल्नेछ । रमाइलो यात्राको मौका मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । स्वास्थ्यमा समस्या देखिनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुनेछ । पढाई लेखाइमा सामान्य प्रगति हुनेछ । नयाँ कामको अवसर मिल्नेछ । लेनदेनमा उल्झन आउन सक्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रयास गर्दा ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । नसोचेको समस्या देखा पर्नाले मन खिन्न हुनेछ । परिवारको साथ मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पढाई लेखाइमा प्रगति हुनेछ । परिवारसंग रमाइलोमा समय बित्नेछ । दाम्पत्य जीबन सुखमय रहनेछ । सोचे भन्दा खर्च धेरै हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पढाइ लेखाइमा प्रगति हुनेछ । काम गर्ने हौसला र उत्साह बढ्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ ।